+
+

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १३:१५

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ ।

यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी, ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर १५ भदौदेखि १५ कात्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीमार्फत हुने कम्पनीले जनाएको छ । योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?