+
+

राष्ट्रिय महिला मादल वादन प्रतियोगिता आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २२ गते २०:५०

काठमाडौं । पहिलोपटक राष्ट्रिय महिला मादल वादन प्रतियोगिता आयोजना हुने भएको छ । कर्णाली कलाकार प्रतिष्ठानले बैशाख २७ गते राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगिताको उद्देश्य महिलाको अन्तरनिहित प्रतिभाको उजागर गर्नु र साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्नु रहेको उल्लेख छ ।

‘नारीको कला, नारीको शान’ भन्ने मूल नारासहित हुने प्रतियोगिताका लागि २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । पहिलो हुनेलाई ५५ हजार, दोस्रोलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार र सान्त्वना हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । अहिलेसम्म ४२ जनाले आवेदन दिएको कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष तथा प्राज्ञ टीका पुनले जानकारी दिइन् ।

प्रमुख अतिथिको चन्द्र शर्माले नेपालमा यस्तो प्रकृतिको प्रतियोगिता महिलाको हकमा प्रथम भएको र आयोजनाको आँट गरेकामा आयोजकलाई शुभकामना दिए ।

पत्रकार सम्मेलनमा प्राज्ञ पुनले गाउँमा महिलाको कार्यक्रममा पुरुषलाई मादल बजाउन बोलाउँदा नआउने समस्या रहेको बताइन् । ‘मेरी आमाले मादल किनेर आफै बजाउने प्रयास गर्दा बजाउन जान्नुभयो । त्यसपछि कसै सँगपनि झुक्न परेन’ उनले अनुभव सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?