+
+

चलचित्र विकास बोर्डमा दलीय नियुक्ति रोक्न सरकारलाई दबाब दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १७:३०
फिल्म निर्देशक मनोज पण्डित

काठमाडौं । चलचित्र विकास बोर्डमा दलीय कार्यकर्ताको नियुक्ति र भागबण्डा रोक्न स्वतन्त्र र क्रियाशील फिल्म निर्माताले सरकारलाई दबाब दिने भएका छन् । यसका लागि उनीहरुले २६ जेठमा काठमाडौंमा चलचित्र सभाको आह्वान गरेका छन् ।

फिल्म निर्देशक मनोज पण्डित र निर्माता रामकृष्ण पोखरेलको अगुवाइमा सभा हुन लागेको हो । उनीहरुले दलीय प्रभावबाट मुक्त भएर फिल्म बनाइरहेका मेकरलाई सभामा उपस्थित हुन आह्वान गरेका छन् ।

फिल्म निर्देशक रामकृष्ण बजगाईं

‘यतिबेला विकास बोर्ड कोमामा गइसकेको छ । हामी यसलाई पुनर्जीवन दिन र जोगाउन चाहन्छौं,’ पण्डितले भने, ‘यसका लागि सभाले एउटा स्पष्ट र ठोस निर्णय गर्नेछ । त्यसपछि सञ्चार मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई दबाब दिनेछौं ।’

सभाले गरेको निर्णय लगेर विभागीय मन्त्री र प्रधानमन्त्रीलाई बुझाइने भएको छ । ‘विकास बोर्ड कर्मचारी र कार्यकर्ता भर्ती गर्ने केन्द्र नबनाइयोस् । यसपटक भर्ती केन्द्र होइन, वास्तविक फिल्ममेकरलाई मौका दिनुपर्छ भनेर हामीले स्पष्टरुपमा किटान गर्नेछौं,’ पण्डितले भने, ‘हामीले यस्तो मान्छेको पहिचान गर्छौं र नाम पेश गर्छौं ।’

चलचित्र विकास बोर्डको दायित्व र अधिकारको संरक्षण गर्न आफू डट्ने समेत उनले बताए । ‘मानिससँग असन्तुष्टि धेरै भयो । व्यक्तिभन्दा समग्र फिल्म क्षेत्रको हितमा के गर्न सकिन्छ भनेर सामूहिक र स्पष्ट कथ्य बनाउन जरुरी छ,’ उनले भने ।

वर्तमान बोर्ड अध्यक्ष भुवन केसीको कार्यकाल साउन पहिलो साता सकिंदैछ । कार्यकाल सकिनै लाग्दा सत्तारुढ माओवादी निकट फिल्मकर्मीको सक्रियता बढेको छ । केहीले खुलेरै आफू बोर्डको नयाँ नेतृत्वका लागि आकांक्षी रहेको बताउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?