News Summary
Generated by OK AI. Editorially reviewed.- साउन महिनामा चलचित्र विकास बोर्डबाट १७ फिल्मले निर्माण इजाजत पाएका छन् ।
- सौरभ चौधरीले सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनलाई लिएर कथानक फिल्म ‘साम्राज्य’का लागि इजाजत लिएका छन् ।
- दीपक लामाले ‘फेरी भेटौंला’ र श्रद्धा प्रसाईंले उपासनासिंह ठकुरीसहित ‘डियर काब्या’ निर्देशन गर्ने भएकी छन् ।
काठमाडौं । साउन महिनामा १७ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पाएका छन् । नयाँ र पुराना फिल्मकर्मीले निर्माण इजाजत लिएका हुन् ।
सौरभ चौधरीले कथानक फिल्म ‘साम्राज्य’का लागि इजाजत लिएका छन् । यो फिल्मको शीर्ष भूमिकामा यसअघि नै सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन अनुबन्धित छन् ।
निर्देशक दीपक लामाले ‘फेरी भेटौंला’ शीर्षकमा निर्माण इजाजत लिएका छन् । उपासनासिंह ठकुरीलाई लिएर श्रद्धा प्रसाईंले ‘डियर काब्या’ निर्देशन गर्ने भएकी छन् ।
निर्देशक ऋषि लामिछानेले फिल्म ‘उजेली’ बनाउने भएका छन् । यो फिल्मको कलाकारमा सविन श्रेष्ठ, गायक यशकुमार लगायत छन् ।
आकाश अधिकारीले हिट फिल्म ‘कोहिनुर’को दोस्रो श्रृंखला ‘कोहिनुर २’ निर्माण, निर्देशन गर्ने भएका छन् । उत्तम केसीले फिल्म ‘चम्पा’ फिल्म निर्माण गर्ने भएका छन् ।
चन्द्र पन्तले विपना थापालाई कलाकारको रुपमा लिएर ‘आमाको काख’को निर्माण गर्ने भएका छन् । साम्राज्ञी शाहको फिल्म ‘एक्का मिस्सी बादशाह’ले निर्माण इजाजत लिएको छ ।
देशभक्त खनालले ‘पिँजडा २’ निर्देशन गर्ने भएका छन् । सम्राट बस्नेतले ‘सिंहदरबार’ निर्देशन र निर्माण गर्नेछन् ।
विपिन कार्की र मिरुना मगरलाई शीर्ष भूमिकामा लिएर उपेन्द्रबहादुर याङदेम्बेले फिल्म ‘बखत्ते’ निर्देशन गर्ने भएका छन् । यी बाहेक अन्य फिल्मले पनि साउन महिनामा निर्माण अनुमति पाएका छन् ।
प्रतिक्रिया 4