+
+
Shares
बक्सअफिस :

गौंथली, हली र लज्जावतीले आइतबारसम्म कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिल रिजाल निर्देशित फिल्मको पछिल्लो आइतबारसम्मको कुल ग्रस कलेक्सन २५ करोड रुपैयाँ नाघेको छ भने ९ लाख ९ हजारभन्दा धेरैले हेरेका छन्।
  • सरोज खनाल स्टारर ‘हली’को ग्रस कलेक्सन २२ लाख ९६ हजार ९२० रुपैयाँ पुगेको छ र ८,३८५ जनाले हेरेका छन्।
  • ‘लज्जावती’को कुल कमाइ ७ लाख ६८ हजार ४५० रुपैयाँ पुगेको छ र यसलाई २,६९६ जनाले हेरेका छन्।

काठमाडौं । प्रदर्शनरत फिल्महरूको कमाइ विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले गौंथली, हली र लज्जावतीको ग्रस कलेक्सन र दर्शक संख्या बाहिर ल्याएको हो ।

जसअनुसार, कपिल रिजाल निर्देशित फिल्मको पछिल्लो आइतबारसम्मको कुल ग्रस कलेक्सन २५ करोड रुपैयाँ नाघेको छ । यो फिल्मलाई सोही अवधिसम्म ९ लाख ९ हजारभन्दा धेरैले हेरेका छन् ।

सरोज खनाल स्टारर ‘हली’को ग्रस कलेक्सन २२ लाख ९६ हजार ९२० रुपैयाँ ग्रस छ । यसलाई कुल ८,३८५ जनाले हेरेका छन् ।

‘लज्जावती’को कुल कमाइ ७ लाख ६८ हजार ४५० रुपैयाँ छ । यसलाई २६९६ जनाले हेरेका छन् । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ भने हलबाट पहिलो साता नै उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?