+
+

चिकित्सा शिक्षा छात्रवृत्तिमा छुटेका ८ विद्यार्थी बंगलादेश पढ्न जान पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १७:३२

९ जेठ, काठमाडौं । बंगलादेश सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि दिने छात्रवृत्तिमा छुटेका ८ नेपाली विद्यार्थी पढ्न जान पाउने भएका छन् ।

छुटेका ८ विद्यार्थीलाई पनि भर्ना लिने निर्णय भएको कूटनीतिक पत्रमार्फत नेपाल सरकारलाई जानकारी दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बंगलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश पठाएको थियो । बंगलादेश सरकारले अन्तिम सूचीमा १२ जनाको मात्रै नाम पठाएको थियो । मन्त्रालयले पठाएकाे सूचीमा परेका २ जनाले भने आवेदन दिएका थिएनन् ।

सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालका लागि बंगलादेशी राजदूतसँग छलफल गरेकी थिइन् ।

परराष्ट्र मन्त्रालयले बंगलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बंगलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय गरिएको कूटनीतिक नोटमार्फत नै जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुधबार सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बंगलादेशमा अध्ययनका लागि शुभकामना दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?