+
+

मंगल ग्रहमा दुई महिनामै पुग्नेछन् अन्तरिक्ष यात्री, प्लाज्मा रकेट बनाउने नासाको योजना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते २०:१७

८ जेठ, काठमाडौं। मंगल ग्रहमा मानिसले पाइला टेक्ने कुरा वास्तवमै निकै कठिन तथा सुदूर भविष्यको सम्भावनाको विषयका रुपमा रहेको छ ।

यसका लागि यस्तो यानको आवश्यकता पर्नेछ जसले कम समयमा यति धेरै दूरी तय गर्न सकोस् । किनकि धर्ती र मंगल ग्रह बीचको दूरी परिवर्तन भैरहन्छ। अहिले जुन रकेट प्रविधि उपलब्ध छ त्यसको हिसाबले पृथ्वीबाट मंगल ग्रहमा जानका लागि २२ देखि २४ महिनासम्म लाग्न सक्दछ।

पृथ्वीबाट हिँडेको २ वर्षमा मात्रै मंगल ग्रहमा पुगिने अहिलेको अवस्थाले पनि मंगल ग्रहमा वस्ती बसाउने काल्पनिक योजनाहरुलाई पत्यारिलो बनाउन सकिरहेको छैन । तर अमेरिकी अन्तरीक्ष संस्था नासाले भविष्यका लागि एउटा यस्तो रकेट बनाउने योजना तयार पारेको छ जसका माध्यमबाट अन्तरीक्षयात्रीहरु केवल २ महिनामै मंगल ग्रहमा पुग्न सक्नेछन् ।

उक्त रकेटको नाम पल्स्ड प्लाज्मा रकेट (पीपीआर) रहेको छ । नासाले उक्त रकेटको विकासमा काम गर्नका लागि Howe Industries लाई रकम उपलब्ध गराएको छ ।

नासाका अनुसार उक्त रकेटको प्रपल्सन प्रणाली निकै विशेष र अत्याधुनिक छ । यसले हाइ स्पेसिफिक इम्पल्स अर्थात् आइएसपीमा उडान भर्नेछ । यसबाट रकेटको इन्जिनलाई शक्ति प्राप्त हुनेछ । यसको माध्यमबाट मंगल ग्रहमा कार्गो तथा अन्तरिक्षयात्रीहरुलाई २ महिनामा पूराउन सकिने नासाको दाबी छ। यद्यपि अहिले यो रकेटको अवधारणा मात्रै तयार भएको हो ।

पिपिआर रकेटमा आणविक फ्युजन प्रणाली जडित हुनेछ र आणविक उर्जा बाटै रकेट चल्नेछ। इसमा परमाणुलाई टुक्राइन्छ र त्यस क्रममा भारी मात्रामा उर्जा पैदा हुन्छ । यसले रकेटलाई तिव्र रुपमा अगाडि बढाउँछ । तर पिपिआर सानो आकारको हुनेछ, सामान्य ढंगको हुनेछ र अन्य खालका रकेटहरुको तुलनामा सस्तो पनि रहनेछ।

तर आकारमा सानो भएपनि यो रकेटले ठूला अन्तरीक्षयान हरुलाई समेत बोकेर अन्तरीक्षमा पूराउन सक्नेछ । यसमा यस्तो प्रविधि हुनेछ जसले अन्तरिक्षयात्रीहरुलाई खगोलीय कस्मिक किरणहरुबाट समेत बँचाउनेछ । जसका कारण अन्तरिक्षयात्रीहरु लमो समयसम्म अन्तरीक्षमा यात्रा गर्न सक्नेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?