+
+
Shares

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते २०:२७

१ असोज, धनगढी । बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए ।

उनकाअनुसार बिहीबार दिउँसो महिलालाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको हो ।उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

ती महिलाले जिल्ला जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट सेती नदीमा कुकुरलाई फालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?