+
+
Shares

भोटेकोशी बाढी : दुई हजार भन्दा बढी घरवास पूर्णरूपमा नष्ट, नुवाकोटमा धेरै

भदौ १० को भोटेकोशी बाढीले प्रभावित चार जिल्ला रसुवा, नुवाकोट, धादिङ र चितवनका दुई हजार २७ परिवारको घरवास पूर्णरूपमा नष्ट भएको छ ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ असोज १ गते २०:४७

१ असोज, नुवाकोट । भदौ १० को भोटेकोशी बाढीले प्रभावित चार जिल्ला रसुवा, नुवाकोट, धादिङ र चितवनका दुई हजार २७ परिवारको घरवास पूर्णरूपमा नष्ट भएको छ । यसबाट करिब १० हजार नागरिक घरबारविहीन भएको सरकारको एक अध्ययनले देखाएको छ ।

सहरी तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले नुवाकोट, रसुवा, धादिङ र चितवन जिल्लासम्म ६ दिन लगाएर अस्थायी आश्रय आवश्यकता सर्वेक्षण गर्दा यो तथ्यांक देखिएको जनाएको छ ।

स्थानीय तहदेखि संघीय सरकारका अन्य कुनै निकायले हालसम्म क्षतिको यकिन तथ्यांक संकलन गरिनसकेका बेला सघन सहरी आयोजनाले पहिलोपटक घरवासको क्षति र यससँग सम्बन्धित विवरणसहितको प्रतिवेदन ल्याएको हो ।

आयोजना प्रमुख शशीन्द्र घिमिरेका अनुसार बाढी प्रभावित परिवारहरूको अस्थायी वासस्थान आवश्यकता पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको सर्वेक्षणमा दुईहजार २७ परिवारकै विवरण संकलन गरिएको छ ।

‘बाढीपछि विस्थापित भएर बसेका होल्डिङ सेन्टरहरूमा पुगेर प्रभावितहरूसँगको कुराकानीका आधारमा हामीले अध्ययन प्रतिवेदन तयार गरेका हौँ’, उनले भने ।

नुवाकोटमा धेरै घरवासमा क्षति

सर्वेक्षणका अनुसार नुवाकोटमा मात्रै एकहजार ५५७ घरवासमा क्षति पुगेको छ । जुन बाढी प्रभावित जिल्लाहरूमा सबैभन्दा बढी हो ।

रसुवामा ३९७, धादिङमा ७२ र चितवन जिल्लामा एक घरमा मात्रै बाढीले पूर्णरूपमा नष्ट गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले प्रभावित घरपरिवारका संख्या, जोखिममा रहेका परिवार, सरकारी सहयोगमा आफैँ भाडामा बस्न चाहने इच्छा, अस्थायी वासस्थानको लागि आफ्नै जग्गाको उपलब्धता, अस्थायी आश्रयमा बस्न चाहने इच्छा र बाढी प्रभावित क्षेत्रभन्दा बाहिर वैकल्पिक घरको उपलब्धताका आधारमा तथ्यांक विश्लेषण गरिएको प्रमुख घिमिरेले जानकारी दिए ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?