+
+

गण्डकी, लुम्बिनी र बागमतीको आर्थिक वृद्धिदर राष्ट्रियभन्दा धेरै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १७:४३
फाइल तस्वीर

९ जेठ, काठमाडौं । गण्डकी, लुम्बिनी र बागमती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदरको तुलनामा धेरै हुने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा प्रदेशगत रूपमा गण्डकी प्रदेशको अर्थतन्त्र सबैभन्दा धेरै ४.५५ प्रतिशतले विस्तार हुने भएको छ । यो राष्ट्रिय अनुमानको तुलनामा माथि हो । राष्ट्रिय स्तरमा यो वर्ष ३.८७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान कार्यालयले गरेको थियो ।

प्रदेशगत रूपमा गण्डकीसँगै लुम्बिनी र बागमतीको विस्तार समेत राष्ट्रिय वृद्धिदरको तुलनामा माथि हुने भएको छ ।

लुम्बिनीको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत र बागमतीको ३.९६ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा समेत गण्डकीको आर्थिक वृद्धिदर अन्य प्रदेशको तुलनामा माथि थियो ।

७ वटा प्रदेशमध्ये राष्ट्रिय अनुमानको तुलनामा अन्य चार प्रदेशको भने कम आर्थिक वृद्धिदर हुने भएको छ ।

तथ्यांक अनुसार कोशीको ३.५१ प्रतिशत, मधेशको ३.७८ प्रतिशत, सुदूरपश्चिमको ३.४१ प्रतिशत र कर्णाली प्रदेशको ३.३९ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?