+
+

युवा संघ नेपाल महाकाली-मेची अभियानमा निस्कने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १९:२३

१४ भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल महाकाली–मेची राष्ट्रिय अभियानमा निस्कने भएको छ ।

आगामी निर्वाचन केन्द्रीत भएर युवा संघ अभियानमा निस्कन लागेको उपमहासचिव सञ्जीव राईले बताए ।

उनका अनुसार, अभियानका क्रममा भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार गर्न आह्वान गरिनेछ ।

भ्रष्टाचार र अनियमितताको आधार नै भड्किलो चुनाव भएकाले निष्कर्ष सहित यो अभियानको नारा ‘भ्रष्टाचार र अनियमितताको आधारः भड्किलो र खर्चिला उम्मेदवार बहिष्कार’ तय गरिएको राईले बताए ।

आगामी १५ भदौमा महाकालीबाट शुरु हुने अभियान २४ भदौमा मेची पुगेर टुंगिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?