+
+

पञ्चकन्या ग्रुपद्वारा हिमाल चढ्न आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १९:४७

काठमाडौं । पञ्चकन्या ग्रुपले हिमाल आरोणका लागि एक जना आरोहीलाई आर्थिक सहयोग गरेको छ ।

पञ्चकन्या ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा हिमाल आरोणका लागि डा. प्रिती भुसाललाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

मनासलु हिमाल र आमादबलम हिमाल आरोहणका लागि भुसाललाई उक्त आर्थिक सहयोग गरिएको पञ्चकन्या ग्रुपले जनाएको छ । पञ्चकन्या ग्रुपका अनुसार भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी उक्त शिखर आरोहण गर्ने प्रथम महिला डाक्टरको कीर्तिमान समेत राख्न सफल भएकी थिइन् ।

कार्यक्रममा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ र कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले चेक तथा पञ्चकन्या ग्रुपको लोगो अंकित व्यानर हस्तान्तरण गरेका थिए ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हिमाल आरोहण गर्ने विभिन्न क्षेत्रका महिला टिमलाई सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?