+
+

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १२:०९

काठमाडौं । विक्रम, ऐश्वर्या राय बच्चन, तृषा र जयम भारी स्टारर प्रतीक्षित फिल्म ‘पीसए-वान’को ट्रेलर सार्वजनिक भएको छ । विस्तृत शीर्षक ‘पोनिया सेल्भन : पार्ट वान’ बताइएको फिल्म असोज १४ गते प्रदर्शन तयारीमा छ । नेपालमा पनि फिल्म रिलिज गर्न केही वितरक जुटेका छन् ।

चेन्नईमा आयोजित भव्य कार्यक्रममा ट्रेलर लन्च गरिएको हो । १० औं शताब्दीमा चोल वंशलाई दक्षिण उपमहाद्वीपमा शक्तिशाली साम्राज्य बनाउन बल पुग्ने घटनालाई फिल्मले पुनः वर्णन गरेको छ ।

ट्रेलरमा कमल हसन र रजनीकान्तले पनि स्वर दिएका छन् । कल्की कृष्णमूर्तिको लोकप्रिय उपन्यासमा आधारित र राजा चोझानको जीवन दर्शाउने यो फिल्मको पटकथा मणिरत्नम, जयमोहन र कुमार रत्नमले लेखेका हुन् ।

पीसए-वान भाग २ को पहिलो श्रृंखलाको फिल्म हुनेछ । आदित्य कारिकलनको भूमिकामा विक्रम, ऐश्वर्या राय बच्चन नन्दिनीको भूमिकामा, कार्ती भन्थियाथेनको भूमिकामा प्रस्तुत भएका छन् ।

ओस्कार विजेता एआर रहमानको संगीत, श्रीकर प्रसादको सम्पादन, रवि बर्मनको छायांकन छ । मद्रास टाकिजको निर्माण रहेको फिल्मले लाइका प्रोडक्सनसँग सहकार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?