+
+

रोल्पाको एउटा सिटमा माओवादीका ६ जना उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १९:१२

२२ भदौ, रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभका लागि उम्मेदवार सिफारिस गरेको छ ।

भदौ २० गतेदेखि लगातार तीन दिनसम्म बसेको बैठकले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्ती मगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । सबै नाम प्रतिनिधि सभाको एउट क्षेत्रको उम्मेदवारमा सिफारिस भएका हुन् ।

प्रतिनिधि सभा समानुपातिकतर्फ तारा घर्तीमगरको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ जोखबहादुर महरा, सुकबहादुर वुढामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ आशबहादुर पुन, मिना खड्का र कुष्मा पुनमगरको नाम सिफारिस भएको छ ।

(ख) मा प्रत्यक्षतर्फ कुलप्रसाद केसी, दीपेन्द्र पुन मगर, राजवहादुर वुढामगर, निमकान्त डाँगी र वीरबहादुर खत्रीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख) को समानुपातिकतर्फ त्रिपनी वैजाली मगर, धनिकला वुढामगर, मानसिंह विश्वकर्मा, हितकुमारी बुुढामगर, लालसरी घर्तीमगर, भाविसरा वन्दीपुरे खड्का, शान्तराज बोहरा, गोविन्द पुन, रामबहादुर वली, भक्ताबहादुर वली र पूर्णबहादुर दमाईको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण केसीले जानकारी दिए ।

पार्टी जिल्ला समन्वय समितिको बुधबार वैठक बसेर प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गर्ने नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?