+
+

सय दिनसम्म ९ घण्टा सुतेर विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते ७:२३

काठमाडौं । मानिसको लागि शोख भन्ने ठूलो कुरा हो । कतिपयलाई महंगा गाडीको शोख हुन्छ त कतिलाई घुमफिर गर्ने । तर एकजना युवतीलाई चाहिं बच्चैदेखि सुत्ने शोख थियो । आफ्नो सोही शोखका कारण उनले कीर्तिमान कायम गरी करीब १० लाख रुपैयाँ जितेकी छिन् ।

छिमेकी मुलुक भारतको पश्चिम बंगालमा बस्ने ती युवतीले ४ लाख प्रतिस्पर्धीलाई हराएर सुत्ने प्रतियोगिता जितेर रेकर्ड कायम गरिन् र ६ लाख भारु पुरस्कार समेत पाइन् ।

हुगलीको श्रीरामपुरमा बस्ने ती युवतीको नाम त्रिपर्णा चक्रवर्ती हो । ती युवतीले १ सय दिन ९ घण्टासम्म सुतेर रेकर्ड कायम गरिन् । भारतभरका प्रतियोगीका लागि आयोजित उक्त स्पर्धामा ४ लाख जना सहभागी भएका थिए । त्यसमध्ये १५ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो, जसमध्ये केवल ४ जनामात्रै फाइनल चरणमा पुगेका थिए ।

अन्तिम स्पर्धामा छानिएका ४ प्रतियोगीलाई एउटा म्याट्रेस र एउटा स्लिप ट्रयाकर दिइयो र निद्राको क्षमता देखाउन भनियो ।

प्रतियोगितामा विजेता बनेकी त्रिपर्णा आफूलाई रातमा निद्रा नलाग्ने र दिनभर चाहिं निदाउन सक्ने बताउँछिन् । उनी अमेरिकाको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्दछिन् । वर्क फ्रम होमका कारण उनी रात्रीकालीन समयमा जागेर काम गर्नुपर्दछ र त्यसको भरपाइका रुपमा उनी दिनभर निदाउँछिन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?