+
+

राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १७:१६

३० भदौ, काठमाडौं । काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कक्षको उद्घाटन गरेका छन् ।

संग्रहालयमा संकलित मुद्राहरुलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत ’मुद्रा संग्रहालय’ पर्यटनका लागि समेत आकर्षणको केन्द्र बनेको उनको भनाइ छ ।

ईसापूर्व पाँचौं शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्का संग्रहालयमा राखिएको छ । भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरहरुको माला तथा औंठीहरु साथै छाला तथा माटोका मुद्रा समेत संग्रहालयमा हेर्न सकिन्छ । संग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा सानो मुद्राको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत सूचिकृत छ ।

नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?