+
+

प्रचण्ड–बाबुराम भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते २२:२३

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बेलुकी भेटवार्ता भएको छ ।

भेटमा भएका कुराकानीको विषय सार्वजनिक भइसकेको छैन । तर डा. भट्टराईले प्रचण्डसँग ‘गम्भीर वैचारिक–राजनीतिक’ छलफल भएको जानकारी दिएका छन् ।

प्रचण्डको सचिवालयका एक जना सदस्यले बाबुरामसँगको भेटघाट आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको बताए ।

डा. भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडाबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

प्रचण्डसँगको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै डा. भट्टराईले लेखेका छन्, ‘लामो समय पछि क. प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल । पारिवारिक वातावरणमा केही रमाइलो पनि ।’

डा. भट्टराईले सार्वजनिक गरेको तस्वीरमा प्रचण्ड, डा. भट्टराई, भट्टराई पत्नी हिसिला, छोरी मानुषी, मानुषीका श्रीमान र छोरा, नेसपाका नेता विश्वदीप पाण्डे तथा प्रचण्डका स्वकीय सचिव रमेश मल्ल देखिन्छन् । प्रचण्डले मानुषीको छोरा युगिनलाई काखमा लिएको तस्वीर पनि छ । त्यसमा बाबुरामले लेखेका छन्, ‘युगिन प्रचण्ड ह.बा. (हजुरबुवा) सँग दंग ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?