+
+

डा. केसी पक्ष र सरकारबीच पहिलो चरणको वार्ता निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १९:२६

२ असोज, काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २० औं पटक अनशनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारपक्षबीच भएको वार्ता बिना निष्कर्ष टुगिएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा कुनै सहमति नभएपछि थप गहृकार्य गरेर सोमबार अर्को चरणको वार्ता गरिने डा. केसीका सहयोगी प्रितम सुवेदीले जनाकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षासचिव, स्वास्थ्यसचिव सहभागी थिए । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था सातौं दिनमा आइपुग्दा अवस्था जटिल भएको छ । सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार उनमा कमजोरी, टाउको दुख्ने, रिङगटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, पेट पोल्ने र दुख्ने, शरीरको मांशपेशी दुख्ने, बाउँडिने, मुटुको धडकन गडबढी, रक्तचाप घट्दै जाने लगायतका समस्या देखिएका छन् ।

प्रयोगशाला रिपोर्टमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम भएको पाइएको छ ।

डा. केसीले देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने माग राखेका छन् ।

यस्तै सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने माग राखेका छन् ।

त्यसैगरी, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्ड विपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?