+
+

भुवन केसीले मागे ‘सुरक्षा मापदण्ड’ पूरा गरेर नाइट शो चलाउन चाहने फिल्म हलको सूची

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १०:३७

काठमाडौं । चलचित्र विकास बोर्डले ‘शान्तिसुरक्षाको मापदण्ड’ पूरा गरेर रात्रिकालीन शोमा फिल्म प्रदर्शन गर्न चाहने हलहरुको सूची मागेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै बोर्ड अध्यक्ष भुवन केसीले सर्तसहित नाइट शो प्रदर्शनको अनुमति दिन सकिने बताए । राति १ बजेसम्म फिल्म प्रदर्शनको अनुमति माग्दै चलचित्र संघले निवेदन दिएको सन्दर्भमा केसीको यस्तो प्रतिक्रिया आएको हो ।

‘शान्ति सुरक्षाको मापदण्ड पूरा गरेर उहाँहरुले हलहरुको सूची दिनुपर्छ । त्यसको पूर्वसर्त भनेको शान्तिसुरक्षा कायम हुनुपर्छ भन्ने हो,’ केसीले भने, ‘सूची आएपछि पहलका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउँछौं ।’

अघिल्ला अध्यक्ष दयाराम दाहालले राति ११ बजेसम्म शो चलाउन दिइने र त्यसपछि चलाउनुपर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने निर्णय गरेका थिए । दाहालको उक्त निर्णयलाई भुवन केसी नेतृत्वको बोर्डले कार्यान्वयनमा ल्याएको छ ।

दशैंको मुखमै व्यवसायमा अवरोध गरेको भन्दै चलचित्र संघ आक्रोशित छ । आइतबार लेट नाइट शोको अनुमति दिनुपर्ने माग गर्दै संघले बोर्डमा निवेदन दिएको थियो ।चलचित्र संघका सदस्य सुरेन्द्र थापाले बोर्डले सूची मागेको विषयमा संघको आगामी बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताए । ‘कुन–कुन हललाई रात्रि शोको अनुमति दिने भन्ने कुरा संघले छलफल गरेर टुंग्याउँछ,’ उनले भने ।

शोको यो व्यवस्थालाई लिएर पछिल्लो समय विवाद चर्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?