+
+

‘नालापानी’ टिजर : अंग्रेज फौजलाई हराउने नेपाली वीरताको कथा फिल्ममा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १८:१७

काठमाडौं । कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो ।

रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल-अंग्रेजबीच नालापानीमा भएको युद्धको कथा पेस गर्छ । नेपाल एकीकरणका बेला बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजमाथि हासिल गरेको विजय यसमा चित्रित छ ।

अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान र मनोज शाक्यको प्रमुख भूमिका रहेको फिल्मलाई मनोज शाक्यले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?