+
+

लालीगुँरास र स्टार सहकारीबीच मर्जर सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते ११:२९

७ असोज, ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भीक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सहकारी ऐन –२०७४ , नियमावली –२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका –२०७७ को अधिनमा रही एकीकरण सम्झौता भएको हो ।

सम्झौता पत्रमा दुई सहकारी एकीकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लिका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट(सिए) गोविन्द शर्मा गैरे छन् । त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट(सीए) प्रयास श्रेष्ठ रहेका छन् ।

सम्झौता लगत्तै दुई ठुला लालीगुँरास र स्टारबीचको मर्जर प्रकृया सुरुवात भएको छ । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र सेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?