+
+
Shares

बाढी प्रभावितका लागि ललितपुर महानगरपालिकाले १ करोड दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिकाले बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि १ करोड प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

११ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि १ करोड सहयोग गर्ने भएको छ । सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र अन्य प्राविधिक तथा मानवीय सहयोगसमेत उपलब्ध गराउने निर्णय भएको महानगरपालिका प्रवक्ता राजु महर्जनले बताएका छन्।

विपद्सम्बन्धी आवश्यक समन्वय तथा सहयोगका लागि महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख लव कार्की (९८६०२०५१२०) लाई सम्पर्क गर्न भनिएको छ ।

महानगरपालिकाले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । घटनाका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिका जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?