+
+
Shares

रसुवा बाढी : ३३ देशका ६४४ व्यक्ति सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले बताएको छ ।
  • सम्पर्कविहीनमध्ये भारतीय १७८, नेपाली १२७, अमेरिकी ६५, मलेसियन ५१, युक्रेनी ५३ र बेलायती ३३ जना छन् ।
  • क्यानडाका २५, अष्ट्रेलियाका ३५, जापानका ५, रुसका ८, जर्मनीका ८ र सिंगापुरका ९ जना पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, यो तथ्यांक स्वदेशी र विदेशी दुवैको हो । जसमा सबैभन्दा बढी भारतीय नागरिक १७८ जना छन् । नेपाली नागरिक १२७ जना, अमेरिकी नागरिक ६५ जना, अष्ट्रेलियन नागरिक ३५ जना, मलेसियन नागरिक ५१ जना जापानी नागरिक ५ जना सम्पर्कविहीन छन् ।

त्यस्तै क्यानडाका २५, नेदरल्याण्ड्सका २, फिलिपिन्सका १, फिनल्याण्डका १, न्यूजल्याण्डका ५, काजकिस्तानका २, बेलारुसका १, पोर्चुगललका २, बेल्जिमका ३ जना बेपत्ता भएका छन् ।

फ्रान्सका ४, रुसका ८, स्वीडेनका १, जर्मनीका ८, सिंगापुरका ९, लाट्भियाका ६, हंगेरीका १, साउद अफ्रिकाका ६, सर्बियाका १, आयरल्याण्डका २, स्पेनका ३, स्वीटजरल्याण्डका १ जना बेपत्ता छन् ।

त्यसैगरी इजरायका १, युक्रेनका ५३, इटालीका २, लुथिआनियाका १, युेकका ३३ र बुल्गेरियाका १ जना गरी ६४४ जना बेपत्ता छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?