News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये सनाखत नभएका शवको नेपाल प्रहरीले अनुहार र हुलिया देखिने तस्वीरसहित सूची तयार पारेको छ।
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएकोहरूको शव संकलन गरेर प्रहरीले सूची तयार पारेको छ ।
संकलन गरिएका तर सनाखत नभएका शवहरूको सूची नेपाल प्रहरीले तयार पारेको हो । प्रहरीले शव चिन्न सहज होस् भनेर अनुहार तथा हुलिया देखाएर तस्वीर समेत सूचीमा राखेको छ । क्युआर स्क्यान गरी उक्त सूची हेर्न सकिने छ ।
प्रहरीले आफ्नो फेसबुक पेजमा क्युआर सार्वजनिक गरेको छ । क्युआरमा स्क्यान गरेपछि पहिचान नभएका शवहरुको सूचीमा पुगेर हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4