+
+
Shares

ग्लोबल आईएमई बैंकद्वारा बाढी प्रभावितका लागि ५ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
  • बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा कटान र डुबान गराउँदै बस्ती, पुल, सडक र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको बैंकले जनाएको छ।
  • बैंकले बाढी र पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ता, घाइते र प्रभावितका लागि सहयोग गर्ने उद्देश्य राखेको छ।

११ भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ।

बैंकका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान भएको छ। बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ।

बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ। यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?