+
+

आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक भिडियो रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १५:५५

काठमाडौं । आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक टिजर सार्वजनिक भएको छ । गल ग्याडट र जेमी डोर्ननको प्रमुख भूमिका रहेको फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ ।

नेटफ्लिक्सको ग्लोबल फ्यान समारोहमा सार्वजनिक गरिएको टिजरले उपस्थित दर्शकलाई उत्साहित बनाएको थियो । सन् २०२३ मा रिलिज हुने फिल्मको टिजर ‘एक्सन लोडेड’ लाग्छ ।

अभिनेत्री ग्याडटले टिजरमा आफ्नो चरित्रलाई अमेरिकी खुफिया एजेन्सी सीआईएको एजेन्टको रुपमा चिनाएकी छन् । यद्यपि यो फस्टलुकमा आलिया र ग्याडटको चरित्रलाई विस्तृत खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?