+
+

परिसंघले तयार पार्‍यो पर्यटनको आगामी कार्यदिशा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १८:१०

११ असोज, काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटनको आगामी कार्यदिशा सम्बन्धी योजना तयार पारेको छ । विश्व पर्यटन दिवसको अवसरमा पारी परिसंघले यस्तो कार्यदिशा तयार पारेको परिसंघले जनाएको छ । परिसंघका अनुसार सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायलाई उपलब्ध गराइने छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताए । उनले विदेशी मुद्रा भित्र्याउन पर्यटन दीगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवर्द्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

नेपाल उद्योग परिसंघको उपाध्यक्ष समेत रहनुभएका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए ।

नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यवसायीलाई नयाँ गन्तव्य खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?