+
+

डोटीमा १३ जनाको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १८:५२

२३ असोज, डोटी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि डोटीमा १३  जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभाका लागि ६ र प्रदेशसभाका लागि सात जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको एक मात्र प्रतिनिधिसभा सदस्य सिटमा वर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेमगरले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेबाट पार्टी पोलिटब्युरो सदस्य गौरी वलीले उम्मेदवारी दर्ता गरेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर र राप्रपाबाट अंकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । नरेन्द्रबहादुर खड्का र राजप्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा क का लागि चार जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले उम्मेदवारी दर्ता गराए । एमालेबाट जिल्ला अध्यक्ष चक्र मल्लले  उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राप्रपाका नेत्रनाथ योगी र हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ख मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओलीले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेबाट टेकबहादुर बमको उम्मेदवारी परेको छ ।

यस्तै, राप्रपाका मोहनबहादुर बमले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?