+
+

काठमाडौं–७ मा निवर्तमान सांसद मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १५:४९

२६ असोज, काठमाडौं । काठमाडौं–७ बाट निर्वाचित निवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन् ।

नेकपा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बुधबार दिउँसो अनलाइनखबरसँगको कुराकानीमा उनले आफूले निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिह्न लिन लागेको बताए । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, फिर्ता लिन दिएकै होइन, चुनाव चिह्न लिने लाइनमा छु’ उनले भने ।

यो क्षेत्रबाट सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीले पनि यो क्षेत्रमा भने उम्मेदवारी दिएका छन् । मन्त्री राजेन्द्र श्रेष्ठ जसपाको उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?