+
+

रग्बीको पुरुषतर्फ आर्मी र लुम्बिनी तथा महिलातर्फ गण्डकी र एपीएफ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १९:५७

२९असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीका महिला र पुरुष दुवै स्पर्धा शनिबारबाट कास्कीको भण्डारढिक खेलमैदानमा सुरु भएको छ ।

शनिबार भएका पुरुषतर्फका खेलमा आर्मी र लुम्बीनी प्रदेशले विजयी सुरुवात गरेका छन । विभागीय टिम नेपाल आर्मीले पहिले खेलमा गण्डकी प्रदेशलाई २४–५ अंकको फराकिलो अन्तरले हराएको छ ।

४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाइन्ट बनाउन सफल भएको थियो भने गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाइन्टमात्रै बनाउन सक्यो ।

पुरुषतर्फकै दोश्रो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । खेल अवधिभर लुम्बीनी प्रदेशले ४ ट्राईका साथ २० प्वाईन्ट बनाउन सफल भएको थियो भने बदलामा बाग्मती प्रदेश १ ट्राईका साथ ५ प्वाईन्टमा मात्रै सिमित हुन पुगेको थियो ।

यस्तै शनिबार नै सम्पन्न महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बलको एपीएफले विजयी सुरुवात गरेका छन । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अंकको अन्तरले पराजित गरेको छ । गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाइन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अवधीभर १ ट्राईका साथ ५ प्वाइन्ट मात्रै बनाउन सक्यो ।

यस्तै महिलातर्फको दोश्रो खेलमा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई १७–५ ले पराजित गरेको छ । खेलको सुरुवातमै १ ट्राईका साथ ५ प्वाईन्ट बनाएर अग्रता बनाएको मधेश प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाइन्ट बनाउँदै जित हासिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?