+
+

विजय गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजी माग गर्दै परेको रिट खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १७:५७

३० असोज, काठमाडौं । विजयकुमार गच्छदार, बिक्रम पाण्डेलगायत ९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो । अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वाेच्चमा रिट दिएका थिए ।

उनले गच्छदार, पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीको उम्मेदवारी खारेज गराउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?