+
+

सर्वोच्चले विवादित अडियो उपलब्ध गराउने तिमिल्सिनालाई बयानमा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १८:१५

२० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रशारित अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनासँग पनि बयान लिने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चकै न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।

बिहीबार उक्त आमसञ्चार माध्यमका प्रकाशक युवराज कँडेलसँगको बयानका क्रममा सो अडियो तिमिल्सिनाको भएको खुलेको र उनलाई पनि बयानका लागि बोलाइएको सर्वोच्च अदालतले जनाएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको इजलासले उक्त अडियो भिडियो सम्बन्धमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो आधार र कारण भए आफूसँग भएका सवुतसहित २३ वैशाखको विहान १० बजे उपस्थित हुन तिमिल्सिनालाई आदेश दिएको छ ।

सिधा कुरा डटकममा प्रकाशित समाचार र अडियो भिडियो सामग्रीले अदालको अवहेलना भएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले पेश गरेको प्रतिवेदनका आधारमा न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले प्रकाशित सामग्री हटाउन र त्यस विषयमा पुनः समाचार नलेख्न आदेश दिएको थियो ।

साथै सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि बोलाएको थियो । बिहीबार कँडेलको बयान सकिएको र ढुंगानाको बाँकी नै रहेकाले शुक्रबार बयान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?