+
+

ट्रम्प र बाइडेनबीच दुईवटा बहस कार्यक्रम हुने निश्चित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १२:००

३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प बीच लाइभ बहस हुने भएको छ ।

यो बहसको पहिलो श्रृंखला २७ जुनमा सीएनएनले र दोस्रो श्रृंखला १० सेप्टेम्बरमा एबीसीले आयोजना गर्ने छन् ।

अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए ।

बाइडेन डेमोक्रेट र ट्रम्प रिपब्लिकन उम्मेदवार हुन् । चुनावअघि उम्मेदवारहरुका एजेण्डा र धारणा सबैले थाहा पाउन् भन्ने उद्देश्यले उनीहरुसँग प्रत्यक्ष बहस गर्ने चलन छ । त्यसलाई विश्वभरबाट चासोका साथ हेरिन्छ ।

सीएनएनले जर्जिया प्रान्तमा आयोजना हुने बहस कार्यक्रमको सञ्चालन जेक टेपर र डाना बेसले गर्ने जनाएको छ । यो बहसमा कुनै पनि दर्शक सहभागी हुने छैनन् ।

एबीसीले सञ्चालन गर्ने दोस्रो श्रृंखलाको बहस कार्यक्रमको सन्चालन डेभिड मुइर र लिन्से डेभिसले गर्नेछन् । तर एबीसीले बहस हुने स्थान भने सार्वजनिक गरिसकेको छैन ।

गत बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई दुई वटा बहस कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । ट्रम्पले तत्कालै त्यो प्रस्तावलाई स्वीकार गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले तेस्रो बहस फक्स न्युजमा हुनुपर्ने प्रस्तावसमेत राखेका थिए । तर तेस्रो बहसको टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?