+
+
Shares

तीजमा महिला सम्मानको सन्देश दिन आङदेम्बेको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते ७:३३

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिका तीजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा मनाउन आग्रह गरेका छन् ।

तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

उनले हरितालिका तिज नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको बताएका छन् ।

समयसँगै समाज परिवर्तन हुँदै गएको र महिलाको भूमिका घरपरिवारमा मात्र सीमित नरहेको भन्दै उनले राष्ट्र निर्माण, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको उनको भनाइ छ ।

तिजले आपसी सद्भाव अझ मजबुत बनाउँदै नेपाली समाजलाई थप न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध बनाउन नयाँ ऊर्जा प्रदान गरोस् भन्ने उनले कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?