+
+

असहाय बालबालिकालाई काठमाडौं महानगरले मासिक भत्ता दिने, आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १३:०७

४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका असहाय बालबालिकालाई महानगरपालिकाले मासिक वृत्ति प्रदान गर्ने भएको छ । सो प्रयोजनका लागि महानगरले प्रस्ताव आह्वान गरेको छ ।

महानगरपालिकाको सामाजिक विकास विभागले शुक्रबार एक सूचना निकाल्दै यस्तो प्रस्ताव माग गरेको हो । काठमाडौं महानगरपालिका भित्र स्थायी ठेगाना भएको आमा-बुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुनिश्चित गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बुबा र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बन्चित भई अरुको संरक्षणमा बसेका बालबालिकाले यस्तो वृत्ति पाउने छन् ।

महानगरपालिका अनुसार बुबा-आमाविहीन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसेको वडा कार्यालयमा तोकिएका कागजात लिएर आवेदन दिन सक्नेछन् । शुक्रबारदेखि ३० दिन भित्र यस्तो आवेदन दिन सकिने भएको छ । आवेदन दिँदा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता भए त्यसको प्रतिलिपि), आमा–बुबा दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरपालिकाले जनाएको छ । विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?