+
+
Shares

कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौं महानगरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले कात्तिक १, ३ र ४ गते फोहोर संकलन नहुने भएकाले घरभित्रै व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
  • वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले बडादशैंका कारण सफाइ कर्मचारी बिदामा जाने हुँदा ती दिन फोहोर संकलन रोकिने जानकारी दिइन्।
  • महानगरले फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर छुट्टाछुट्टै भाँडो वा झोलामा राख्न नगरवासीलाई सुझाएको छ।

३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंको अवसरमा तीन दिन घरबाट निस्कने फोहोर बाहिर नफाली घरभित्रै व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरले कात्तिक १, ३ र ४ गते फोहोर संकलन नहुने भएकाले आ-आफ्नै घरमा सुरक्षित साथ राख्न अनुरोध गरेको हो।

उक्त दिनहरूमा नेपालीहरूको महान् पर्व बडादशैं परेकाले सफाइ कर्मचारीहरूसमेत चाडपर्व मनाउन बिदामा जाने हुँदा फोहोर संकलन कार्य रोकिने महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।

घरमा जम्मा भएको फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर छुट्टाछुट्टै भाँडो वा झोलामा राख्न पनि विभागले नगरवासीलाई सुझाएको छ।

तोकिएका ती तीन दिनबाहेक अन्य दिनमा भने फोहोर संकलन तथा व्यवस्थापन कार्य नियमित रूपमै सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?