+
+

गणेशमान सिंह स्मृति टेनिस कात्तिक १९ देखि

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १६:२४

१४ कात्तिक, काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेदेखि सुरू हुने भएको छ ।
कमिटीले सोमबार पत्रकार सम्मेलन गरी टेनिस र एथ्लेटिककाे १० किलाेमिटर रोड रेसको मिति सार्वजनिक गरेको हो ।

टेनिस प्रतियोगिता कात्तिक १९ देखि २६ गतेसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना हुनेछ । एक साता चल्ने प्रतियोगितामा सिनियर र जुनियरमा गरी कूल २३ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

सिनियरतर्फ पुरुष र महिलाको सिंगल्स र डबल्ससहित पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्स, पुरुष ४५ वर्षमाथि सिंग्लस र डबल्स, पुरुष ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा पुरुष ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

यस्तै जुनियरतर्फ यू-८ सिंगल्स ब्वाइज एण्ड गर्ल्स, यू-९ सिंगल्स ब्वाइज एण्ड गर्ल्स, यू-१० सिंग्ल्स ब्वाइज एण्ड गर्ल्स, यू-१२ सिंगल्स ब्वाइज एण्ड गर्ल्स, यू-१४ सिंगल्स ब्वाइज एण्ड गर्ल्स र ओपनतर्फ गर्ल्स र ब्वाइजको डबल्समा मा प्रतिस्पर्धा हुनेछ ।

पुरुष र महिलातर्फ सिंगल्सको विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउनेछन् । यस्तै महिला र पुरुषको महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् ।

पुरुष ३५ वर्षमाथि सिंगल्सको विजेताले ४० हजार, पुरुष ३५ वर्षमाथि डबल्सका विजेताले २५ हजार, पुरुष ४५ वर्षमाथि एकलतर्फको विजेताले ३० हजार, ४५ वर्षमाथि डवल्सको विजेताले २० हजार, ५५ वर्षमाथिका एकलको विजेताले २० हजार, ५५ वर्षमाथि डबल्सको विजेताले १५ हजार, तथा ६५ वर्षमाथिका विजेताले १५ हजा प्राप्त गर्नेछन् ।

टेनिस प्रतियोगितामा सिनियर र जुनियर गरी करिब ३२० खेलाडी सहभागी हुने वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी दिए । प्रतियाेगिता सातदाेवाटाेस्थित टेनिस कम्प्लेक्सकाे ८ वटै कोर्ट प्रयाेग गरिने प्राविधिक संयोजक सूर्यभुषण बज्राचार्यले बताए ।

रोड रेस पुस २३ मा

चौथो संस्करणको वीर गणेशमान सिंह १० किलाेमिटर रोड रेस पुस २३ गते हुने आयोजकले जनाएको छ । रोड रेसका संयोजक राजन खत्रीले अहिले प्रतियोगिताको मिति मात्र सार्वजनिक गरिएको र यस बारे बाँकी विवरण पछि सार्वजनिक गरिने बताए ।

गत वर्ष १० किलाेमिटर र ५ किलाेमिटर रोड रेस आयोजना भएको थियो । यस पटक भने १० किलाेमिटर मात्र  आयोजना हुने खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?