+
+

दिल्ली उडान गर्न नसकेकोमा नेवानिले यात्रुसँग माग्यो माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १७:४०

१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले भारतको दिल्ली उडान रद्दबारे यात्रुसँग क्षमा मागेको छ । आइतबार काठमाडौं–दिल्ली–काठमाडौंको उडान आरए–२१७/२१८ र आइतबारको उडान आरए २०५/२०६ रद्द भएकोमा नेवानिले यात्रुसँग माफी मागेको हो ।

निगमले यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिकामा दिल्ली उडान कटौती गरेपछि पूर्वनिर्धारित तालिका अनुसार उडान निरन्तर हुन सकेको थिएन ।

यसले सयौं यात्रु प्रभावित बनेका छन् । गन्तव्यमा पुग्न नसकेका यात्रुलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिने निगमकी प्रवक्ता अर्चना खड्काले बताएकी छन् । निगमले यसअघि पाइरहेको दैनिक २ उडानलाई प्राधिकरणले सातामा ४ वटा उडान कटौती गरिदिएको छ । प्राधिकरणले भने निगमले तालिका नै स्वीकृत नभएको दिनमा गैरकानुनी रुपमा टिकट काटेको भन्दै स्पष्टीकरण समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?