+
+

एमालेको घोषणा : समुद्रमा राष्ट्रिय झण्डासहितको पानीजहाज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १५:३३

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्‍याएको छ । अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो ।

यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गर्ने समेत एमालेको घोषणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?