+
+

पाँचौं अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिता मंसिर ९ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १७:५३

१७ कात्तिक, काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर ९ गते आयोजना हुने भएको छ ।

दौड, साइक्लिङ र र्याफ्टिङ गरी तीन विधाको शाहसिक खेल समावेश गरी नेपाली सेनाले २०७१ सालदेखि ट्राइएडभेन्चर प्रतियोगिता आयोजना गर्दै आएको छ ।

पाँचौं संस्करणमा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने अनुमान विहीबारको पत्रकार सम्मेलनमा आयोजक नेपाली सेनाको एड्भेन्चर स्पोर्टसले जानकारी दिएको छ ।

भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, चीन, बेलायत, अमेरिकालगायत १० देशलाई निमन्त्रणा गरिएकोमा बेलायत र भारतबाट सहभागिता निश्चित रहेको सेनाले जानकारी दिएको छ । भारतबाट तीनवटा टिमले सहभागिता जनाउँदैछन् । मंसिर १ गतेसम्म टिम दर्ता अवधि तोकिएको छ ।

धादिङको बैरेनीदेखि चरौँदीसम्म सन्चालन हुने प्रतियोगितामा ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर र्याफ्टिङ गर्नुपर्नेछ । एउटा टिममा ४ जना खेलाडी हुनेछन् । सुरुवातदेखि अन्तिमसम्म चारजनाले सँगै दूरी पूरागर्नुपर्नेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुने टिमले क्रमसः २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

नेपालको भौगोलिक बनावटअनुसार शाहसिक खेलकुदको सम्भावना उच्च रहेको र खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाको खेलकुद प्रमुख कर्नेल मुनाल बस्नेतले जानकारी दिए ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?