+
+

७० हजारको मेकअप गराएर पार्लरबाटै फरार भइन् बेहुली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १२:२६

आफ्नो बिहेको लागि गराएको मेकअपको पैसा पनि नतिरी भाग्ने बेहुली कस्ती होलिन् ? हालै बेलायतको यर्क सहरमा एउटा यस्तै घटना भएको छ ।

दुई हप्तापछि विवाह गर्न लागेकी ती युवती श्रृंगारका लागि ब्युटी पार्लर आएकी थिइन् । ब्युटी पार्लरमा उनले मेकअप गराइन् र त्यसबापत करिब ७० हजार रुपैयाँ बराबरको बिल आयो । तर उक्त बिलको रकम तिर्नुको साटो उनी ब्युर्टी पार्लरबाट फरार भइन् ।

पार्लरकी सञ्चालिका सार्लोट ब्रिजेसका अनुसार गत सेप्टेम्बर २८ मा एक युवतीले फोन गरेर मेकअपका लागि अपोइन्टमेन्ट बुक गरिन् । सोही अनुसार उनी एक जना बहिनीलाई लिएर पार्लरमा आइन् । करिब दुई घण्टा लगाएर बोटोक्स र लिप फिलर गराइन् । आफ्नो काम सकिएपछि उनी पैसा तिर्नका लागि कारबाट ब्याग ल्याउँछु भन्दै गइन् र पैसा ल्याएर आउनुको साटो एकाएक फरार भइन् ।

केहीबेरपछि उनकी बहिनी भनिएकी केटी पनि दिदीलाई हेर्न भन्दै पार्किङमा गइन् र दुवैजना फरार भए ।

हुनेवाला बेहुलीले मेकअपको रकम नतिरी फरार भएको भन्दै ब्रिजेसले प्रहरीमा उजुरी दिइन् । पार्लरमा आएको बेला उनले खिचेको तस्वीरको आधारमा प्रहरीले ती युवतीको खोजी गर्‍यो र हालै ती युवतीलाई पक्राउ गर्न सफल भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?