+
+

चुनावमा घर जाने यात्रुलाई बससेवाको आकर्षक अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १८:१८

काठमाडौं । बससेवा डटकमले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भोट हाल्न घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीन जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गरिने बससेवाले जनाएको छ । ती मतदाताले भोट दिएका तीन जना उम्मेदवार (विजयी वा हार बेहोरे पनि) ले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।गोलाप्रथामार्फत बिजेता मतदातालाई दुईवटा उपहार प्रदान गरिनेछ र ती विजेता मतदाताले आफूले मतदान गरेका उम्मेदवारलाई गोप्य रुपमा उपहार प्रदान गर्न सक्ने बससेवाले जनाएको छ ।

देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढी भन्दा बढी सहभागीता होस् भन्ने उदेश्यले यस्तो अफर सार्वजनिक गरिएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।

यो योजना ३० कात्तिकदेखि ५ मंसिरसम्म लागु हुनेछ । मतदाता तथा यात्रुले बसपार्क लगायत कलंकीस्थित ढुंगेअड्डामा रहेको प्यासेञ्जर लाउञ्जबाट पनि बस चढेर सहजै यात्रा गर्न सकिने बससेवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?