+
+

असोजसम्म सरकारका खातामा करिब २ खर्ब नगद मौज्दात

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १५:०६

३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनासम्म सरकारको खातामा १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा सो रकम बराबरको मौज्दात रहेको छ । २०७९ असार मसान्तसम्म ती खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात रहेको थियो ।

यसबीचमा प्रदेश सरकारहरुले ३४ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्रोत प्राप्ति गरेका छन् । उनीहरुको खर्च भने २० अर्ब ९९ करोड रुपैयाँ मात्र रहेको छ । प्राप्त गरेको स्रोतमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत २३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १० अर्ब ६४ करोड प्राप्त गरेका छन् ।

संघीय सरकारले तीन महिनासम्म २७८ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ । यसमा चालु खर्च २२३ अर्ब ७५ करोड, पूँजीगत खर्च १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा सरकारले राजस्वबाट २०८ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसमध्ये १८९ अर्ब ३८ करोड कर र १९ अर्ब २० करोड संकलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?