+
+

रहबर अन्सारी प्रदेशसभा सदस्यमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ८:१६

७ मंसिर, वीरगञ्ज । माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नं १ को (क)बाट उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्दीभन्दा २ हजार २९९ मत बढी ल्याएर ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा स्थान बनाएका हुन् ।

रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ५१८ मत प्राप्त गरेर । यो क्षेत्रमा निवर्तमान प्रदेश सभा सदस्य जनत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी ५ हजार २८६ मत ल्याएर तेस्रो स्थानमा झरेका छन् ।

०७४ को निर्वाचनमा जनत ८ हजार ५९३ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका राम नारायण कुर्मी ७ हजार १७१ मत ल्याएर दोस्रो भएका थिए । भने ६ हजार ७९४ मत ल्याएर रहबर तेस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?