+
+

धनुषाबाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ९:५४

९ मंसिर, धनुषा। धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।

ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।

यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश- लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्‍मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?