+
+

२२ कीर्तिमान थपेको गीतकार उपाध्यायको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १३:४१

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले आफ्नो नाममा २२ कीर्तिमान थपेको दाबी गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई २२  कीर्तिमानका प्रमाणपत्र पूर्वउपराष्ट्रपति परमानन्द झाले हस्तान्तरण गरे ।

यसअघि उनले अन्तर्राष्ट्रिय पचास भाषामा गीत, सबैभन्दा सानो पुस्तक, नोट साइजको गीत, १५० देशका पर्यटकीय स्थलका नामबाट तयार पारिएको गीत लगायत विभिन्न विधामा ११० कीर्तिमान कायम गरेको दाबी गरेका थिए ।

उनले अहिले अंग्रेजी अक्षरको एदेखि जेडसम्मको गीति कविता, ४/४, २/४, ६/८ र ३/४ स्केलको र्‍याप गीत, अन्तरीक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता लगायत विधाबाट कीर्तिमान कायम गरेको दाबी गरेका छन् ।

कीर्तिमानका प्रमाण पत्र एभरेष्ट वर्ल्ड रेकर्ड, च्यापियन बुक अफ वर्ल्ड रेकर्ड, एशियन वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, युआरएफ वर्ल्ड रकेर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक जस्ता संस्थाले दिएका डाक्टर उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?