+
+

मेस्सीले तोडे म्याराडोनाको कीर्तिमान, सर्वाधिक विश्वकप खेल्ने चौथो खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १६:४१

१५ मंसिर,  काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी फिफा विश्वकप पुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लेका छन् ।

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको अन्तिम खेलमा पोल्याण्डसँग खेलपछि मेसीले विश्वकपमा कूल २२ खेल खेलेका छन् । यसअघि चार विश्वकपमा १९ खेल खेलेका मेसीले जारी विश्वकपमा समूह चरणका तीनवटै खेल खेले ।

मेसी भन्दा धेरै विश्वकप खेल्नेमा जर्मनीका लोथार म्याथ्वु र मिरोस्लाभ तथा इटलीका पाउलो माल्दिनी छन् । लोथारले सर्वाधिक ३५ खेल खेलेका छन् भने क्लोजले २४ र माल्दिनीले २३ खेल खेलेका छन् ।

मेसीले अन्तिम १६ मा अष्ट्रेलिया विरुद्धको खेलपछि सर्वाधिक विश्वकप खेल खेल्नेमा माल्दिनीसँग बराबरी गर्नेछन् ।

मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन् । उनले महान खेलाडी डिएगो म्यराडोनालाई पछि पारेका हुन् । म्याराडोनाले विश्वकपमा २१ खेल खेल्दै ८ गोल गरेका थिए । मेसीले पनि विश्वकपमा ८ गोल नै गरेका छन् ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकप उपाधि जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?