+
+

विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले राजीनामा दिए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते ३:२९

१६ मंसिर, काठमाडौं । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पद छाडेका छन् । कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले राजीनामा दिने घोषणा गरेका हुन् ।

समूह एफको अन्तिम खेलमा बिहीबार क्रोएसियासँग बराबरीमा रोकिएपछि विश्व वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरिएको हो ।

बेल्जियम फुटबल संघले स्पेनका प्रशिक्षक मार्टिनजले राष्ट्रिय टिमको पद छाड्ने घोषणा गरेको पुष्टी गर्दै विश्वकपअघि नै यसबारे निर्णय भइसकेको समेत जनाएको छ । यस्तै मार्टिनेजले बीबीसीसँग बोल्दै यो मेरो अन्तिम खेल भएको र आफू भावुक भएको बताएका छन् ।

सन् २०१६ मा मुख्य प्रशिक्षकको जिम्मेवारी संहालेयता मार्टिनेजले बेल्जियमको स्वर्ण पुस्तालाई दुई युरोकप र दुईपल्ट विश्वकप खेलाए पनि खास उपलब्धी दिलाउन सकेनन् । तर, बेल्जियम लामो समय फिफा वरीयताको शीर्ष स्थानमा भने रहिरह्यो ।

जारी विश्वकपको समूह चरणबाट बाहिरिएपछि पद छाड्ने मार्टिनेज दोस्रो प्रशिक्षक हुन् । यसअघि मेक्सिकोका प्रशिक्षक जेरार्डो मार्टिनोले पनि मेक्सिकोको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?