+
+

ब्याचलर पार्टीको ट्रेण्ड बढ्दो, नायिकाहरुको आ-आफ्नै शैली

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १३:४३

काठमाडौं । ‘ब्याचलर पार्टी’ अर्थात् पश्चिमा मुलुकतिर ‘स्टाग विकेन्ड’ नामले समेत चर्चित विवाह संस्कार नेपालमा समेत झाँगिंदै गएको छ ।

सर्वसाधारणदेखि सेलिब्रिटीले समेत यस्तो पार्टी कल्चरलाई पछ्याउन थालेका छन् । विवाह हुनु केही दिनअघि गरिने यो भव्य जमघटलाई बेहुला वा बेहुलीका साथीहरुले आयोजना गर्छन् । जसलाई ‘स्वतन्त्रताको अन्तिम रात’ पनि भनिन्छ ।

उन्मुक्त ढंगले सेलिब्रेसन गरिने भएकाले पनि यसलाई कतिपयले ‘छाडा’ पार्टी पनि भन्ने गरेका छन् । सिंगलबाट मिंगल हुने भएकाले पनि ब्याचलर पार्टीलाई जमेर मनाउनुपर्छ भन्ने कतिपयको धारणा छ ।

‘क्रेजी रिच एसियन्स’सहितका हलिउड फिल्मले ब्याचलर पार्टीलाई गज्जबसँग चित्रण गरेका छन् । पाँचौं शताब्दीदेखि सुरु भएको ठानिएको ‘ब्याचलर’ पार्टीलाई संसारका विभिन्न मुलुकले आफ्नो स्टाइलअनुसार मनाउने गरेका छन् ।

नेपालको सहरिया मध्यम वर्गमा ब्याचलरेट पार्टीको ट्रेण्ड हुर्किंदो छ । अभिनेत्री प्रियंका कार्की, नीता ढुंगाना, वर्षा सिवाकोटी र केही पूर्वमिस नेपालहरुले आयोजना गरेको ब्याचलर पार्टी चर्चाको विषय समेत बने ।

यसै साता अभिनेता सलोन बस्नेतसँग विवाह गरेकी मोडल तथा एयर होस्टेस करिश्मा केसीको ब्याचलर पार्टी यतिबेला चर्चामा छ । चर्चा मात्र हैन, सामाजिक सञ्जालमा यो पार्टीका रोमान्टिक तस्वीर भाइरल समेत बनिरहेका छन् । कतिपयले ट्रोलदेखि पेजहरुमा करिश्माको उक्त फोटोलाई सेयर गरिरहेका छन् । करिश्माले आयोजना गरेको पार्टीको भित्तोमा लेखिएको अक्षरका कारण उनी भाइरल भएकी हुन् ।

हुन त ‘छाडा’ पार्टी समेत भनिने गरेकाले ब्याचलर पार्टीमा त्यस्तो गर्न पाइन्छ भन्ने कतिपयको धारणा छ भने कसैले यसलाई नकारात्मक रुपमा टिप्पणी गरेका छन् । यसबारे सबैको आ-आफ्नो मत समेत छ ।

पश्चिमा मुलुकदेखि बलिउड फिल्म हुँदै नेपाल छिरेको विवाहको यस्तो संस्कारलाई नयाँपुस्ताले फलो गर्न थालेदेखि यसबारे बहस सुरु हुन थालेका छन् । करिश्मा केसी र प्रियंका कार्की यो बहसका पात्र मात्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?