+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

समानुपातिक सांसद नपरेको भन्दै कास्कीमा राप्रपाको कार्यालयमा ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १९:४३

२५ मंसिर, पोखरा । गण्डकी प्रदेश सभामा कास्कीबाट समानुपातिक सांसद नछानिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की र गण्डकीको प्रदेश कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । राप्रपाले प्रत्यक्षतर्फ जित्न नसके पनि गण्डकी प्रदेश सभामा समानुपातिक पद्धतिबाट २ सिट पाएको छ ।

कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् । गण्डकीबाट २ जना समानुपातिक सांसद पाउँदा  राप्रपाले पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्च तमु र नवलपुरकी विन्दु पहाडी छानिएका छन् ।

तमु आदिवासी जनजातितर्फ र पहाडी खसआर्य महिलातर्फबाट १ नम्बरमा थिए । तर, कास्कीका कार्यकर्ताले भने मिलाउने ठाउँ हुँदाहुँदै पनि कास्कीलाई बेवास्ता गरिएको बताए । ‘कास्कीबाट समानुपातिक सांसद नपरेको भन्दै असन्तुष्ट कार्यकर्ताले ताला लगाउनुभएछ,’ कास्की राप्रपा प्रवक्ता अरुण गिरीले भने, ‘सबैभन्दा धेरै मत कास्कीले ल्याउने तर एक जना पनि सांसद नपार्ने भन्ने असन्तुष्टि पार्टी नेतृत्वप्रति देखिएको होला ।’

कास्कीका नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित ५ जना बन्द सूचीमा थिए । राप्रपाले कास्कीमा १७ हजार ८८२ र प्रदेशमा ५९ हजार ४८३ ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?